सबै पालिकामा कांग्रेसले प्रतिनिधि पठाउने

 ग्लोबल टिभि      शुक्रबार, बैशाख २, २०७९      0

बैशाख २- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर सबै पालिकामा प्रतिनिधि पठाउने भएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकामा प्रतिनिधि पठाउन निर्देशन दिएको हो । सहमहामन्त्रीहरुलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिलाई जिल्लामा पठाउन लागिएको हो ।

त्यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्र्तगत विभिन्न उपसमिति पनि गठन गरिएको छ । पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा चुनावी सभा व्यवस्थित बनाउने, आचारसंहिता पालना भए–नभएको अनुगमन गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *