सांस्कृतिक पर्व मनाउँदा आँफू र परिवारलाई सुरक्षित राखौं

 ग्लोबल टिभि           0

काठमाडाैँं – नेपाली कांग्रेसका सभापति  एवं पूर्व प्रधानमन्त्री  शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर पर्व मनाउन सबैमा अनुरोध तथा अपिल गरेका छन् । विजयादशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभ-कामना व्यक्त गर्दै कोभिड-१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् ।
सभापति देउवाले शुभकामना सन्देशमार्फत् विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *