नेपालगञ्ज । विजयादशमीको दिनमा सबैले आ-आफ्नो घरमा रमाइलो गरेर दसैँ मनाईरहेको बेला संक्रमित भएर भेरी अस्पतालमा भर्ना भएकाहरुले पनि त्यही भित्रै टीका लगाएर दसैं मनाएका छन् । सोमवार दसैंको दिनमा पनि संक्रमितको सेवामा खटिनुभएका भेरी विशेष कोराना अस्पतालका स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई टीका लगाएर शुभकामना दिंदै दसैं मनाएको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले संक्रमितको उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीहरुले सबै संक्रमितलाई टीका लगाएर प्रसाद वितरण गरी दसैं मनाएको बताउनुभयो ।
संक्रमित भएर त्यहाँ उपचार गराइरहनुभएका भेरी अस्पतालका बायोमेडिकल टेक्निसियन नविन चन्द ठकुरीले संक्रमितको उपचार सेवामा दिनरात खटिनुभएका कोभिड इन्चार्ज सम्झना मण्डल, स्टाफ नर्सहरु यम कुमारी थापा, कमला नेपाली र देवा जिसीले सबै संक्रमितलाई टिका लगाउनुभएको बताउनुभयो ।
Leave a Reply