वैशाख १०–नेपाल–भारत सीमा सुरक्षा बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको ४८ घण्टा अगाडिदेखि नै नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको छ।
शनिबार कैलालीको गोदावरीमा सम्पन्न सीमा सुरक्षा बैठकले निर्वाचनलाई निष्पक्ष र स्वच्छ बनाउन सीमानाका बन्द गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
कैलाली कञ्चनपुरको सीमासँग जोडिएको भारतको लखिमपुर खिरी जिल्लाका सुरक्षा अधिकारी र कैलाली–कञ्चनपुरका सुरक्षा अधिकारी सहभागी बैठकले निर्वाचनमा सीमानाका बन्द गर्ने निर्णयसँगै सीमानाकामा हुने अन्य शान्ति सुरक्षा सम्बन्धी पनि छलफल गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कैलालीका प्रजिअ थापाले जानकारी दिए।
नेपाल–भारतको सीमानाकामा देखिएका विवादबारे पनि सामान्य छलफल भएको प्रजिअ थापाले बताए।
यस्तै पत्रकार सम्मेलनमा भारतको लखिमपुर खिरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी संजयकुमार सिंहले नेपालमा हुने स्थानीय तहको निर्वाचनका लागि सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको बताए। उनले भने, ‘नेपालमा वैशाख ३० गते हुने निर्वाचनलाई स्वस्थ र सुरक्षित बनाउन सीमानाकामा भारतका तर्फबाट पूर्ण सहयोग गर्नेछौँ।
Leave a Reply