नेपाल प्रहरीको सुडान मिसन बन्द हुँदै

 ग्लोबल टिभि      सोमवार, माघ १९, २०७७      0

नेपाल प्रहरीको सुडान मिसन बन्द हुने भएको छ । २८ वर्षदेखि शान्तिका लागि नेपालबाट सुडानमा आफ्नो उपस्थिती रहँदै आएको छ । नेपाल प्रहरी सन् १९९२ मार्च देखि राष्ट्र संघीय शान्ति मिसनमा सहभागी हुँदै आइरहेको छ । सुडानमा हाल १९० जना नेपाल प्रहरीका जावान र अधिकृत कार्यरत छन् । उनीहरु तीन देखि पाँच महिनमा फर्किसक्ने छन् ।

राष्ट्र संघ सुरक्षा परिषद्ले सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसन (युनामीड) ३१ डिसेम्बर २०२० पछि क्रमैसँग बन्द गर्ने निर्णय गरेको थियो ।

यसअघि नै नेपाल प्रहरीको हाइटी मिसन बन्द भइसकेको छ । अब डफ्फामा भन्दा पनि इन्डिभिजुअल पुलिस अफिसर (आइपीओ) मा मात्र नेपाल प्रहरीको उपस्थिती रहने छ । सुडानमा पनि १३ जना प्रहरी अधिकृत छन् । भने डफ्फामा करिब १८० जना छन् ।

सरकारले राष्ट्र संघसँग गरेको प्रतिबद्धता अनुरुप नेपाल प्रहरीका योग्य एवम् दक्ष प्रहरी कर्मचारीहरूलाई छनौट गरी राष्ट्र संघीय मिसन आइपीओमा प्रहरीहरू सहभागी गराउँदै आएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *