ट्रकको ठक्कर बाट २ जनाको मृत्यु

 ग्लोबल टिभि      सोमवार, माघ १९, २०७७      0

पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नं २ कोइरालेमा २ वटा ट्रक एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए।

दुर्घटनामा परी ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नं ९ का किरण प्रताप गुरुङ्गको मृत्यु भएको छ। उनीहरुको घटनास्थलमा मृत्यु भएको शव च्यापिएको अवस्थामा रहेको थियो।

त्यस्तै घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते भएका थिए। उनीहरुलाई स्थानीय र प्रहरीले उद्धार गरि राती नै उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

मृतक दुवैको शव पोष्टमार्टमको लागि गजुरी स्थित प्राथमिक स्वास्थ्य चौकीमा राखिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *