सरकारद्वारा स्वास्थ्य उद्योग स्थापनाका लागि विश्व स्वास्थ्य संगठन समक्ष प्रस्ताव पेश

 ग्लोबल टिभि      आइतवार, बैशाख ११, २०७९      0

वैशाख ११–सरकारले शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका लागि विश्व स्वास्थ्य संगठन समक्ष प्रस्ताव पेश गरेको छ ।

नेपाल भ्रमणमा आएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयसस नेतृत्वको टोलीसँगको भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका लागि सहयोग गर्न प्रस्ताव गरेको हो ।

टेड्रोस नेतृत्वको टोलीको नेपाल भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले अत्यावश्यक औषधि उत्पादन नेपालमै गर्ने कार्यमा सहयोग गर्न प्रस्ताव राखिएको बताए ।

भ्रमणका क्रममा विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशीयाका लागि क्षेत्रीय निर्देशक डाक्टर पुनम खेत्रपाल सिंहले नेपालले स्वास्थ्य क्षेत्रमा छुट्टयाएको बजेट दक्षिणपूर्वी एसियाली देशमध्येमा नै धेरै भएको भन्दै खुशी व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

सिंहले स्वास्थ्य उपचार लागत कम गर्न सस्तो औषधि खरिद गर्न र उत्पादनको वातावरण बनाउन जोड गर्न नेपाल सरकारलाई आग्रह गरेको पनि स्वास्थ्यमन्त्री खतिवडाले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *