घोषणापत्रविनै चुनावमा जाने माओवादीको निर्णय(भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, बैशाख १२, २०७९      0

माया, वैशाख १२- नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह चुनावमा घोषणापत्र नै नबनाउने भएको छ । स्थानीय चुनाव भएका कारण स्थानीयस्तरमै घोषणापत्र बन्ने भन्दै केन्द्रबाट घोषणापत्र नबनाएको माओवादी केन्द्रको दाबी छ । सरकारमा रहेका र प्रतिपक्षमा रहेका दलले समेत चुनावी घोषणापत्र बनाउँदा माओवादी भने घोषणापत्रविनै चुनावमा सहभागी हुने निश्चित भएको हो ।

सरकारमै रहेको नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तहको चुनावका लागि घोषणापत्र नबनाउने भएको छ । स्थानीय तहको चुनावका लागि स्थानीय स्तरमै घोषणापत्र हुने भन्दै माओवादीले घोषणापत्र नबनाएको बताएको छ । माओवादीले पार्टीका तर्फबाट घोषणापत्रका लागि ७५३ वटै स्थानीय तहलाई सामान्य रुपरेखा पठाइएको बताएको छ । ‘गाउँगाउँमा सिंहदरबार र सिंहदरबारको अधिकार स्थानीय तहमा’ भन्ने नारा नै अगाडि सारेका कारण केन्द्रबाट हस्तक्षेप गरेर घोषणापत्र सार्वजनिक गर्ने कुरा सैद्धान्तिक रुपमा अमिल्दो भएको माओवादी केन्द्रको दाबी छ ।

यता नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले आइतबार घोषणापत्र सार्वजनिक गरेका थिए । कांग्रेसले भ्यूटावर नबनाउने प्रतिवद्धता सार्वजनिक गरेको छ । यता जसपाले हरेक पालिकामा ५ सयलाई रोजगारी दिने घोषणा गरेको छ । एमालेले समेत रेलदेखि महत्वाकांक्षी योजना समावेश गरेर घोषणापत्र सार्वजनिक गरेको छ । तर माओवादी भने घोषणापत्रविनै चुनावमा सहभागी हुन लागेको छ । माओवादी केन्द्रले देशका ७५३ वटा स्थानीय तहमध्ये ६० प्रतिशत स्थानीय तहमा सत्तारुढ गठबन्धनका बिचमा चुनावी तालमेल भएको छ ।

केन्द्रबाट घोषणापत्र नबनानएपनि माओवादीले ‘व्यवस्था परिवर्तन ग¥र्यौ, अब अवस्था परिवर्तन गरौँ भन्ने नारा देशभरका लागि एउटै तय गरेको बताएको छ । माओवादीले स्थानीय तहलाई घोषणापत्र बनाउन दिएको निर्देशिकामा ‘समाजवाद उन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’लाई प्रमुख प्राथमिकतामा राखेको छ । त्यस्तै ‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’ स्थापित गर्ने विषयलाई महत्व दिइएको छ ।

थप जानकारीका लागि तलको पूरा भिडियो हेर्नुहोस्ः

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *