देउवाको गृहजिल्लामा फुट्यो कांग्रेस, एमालेसँग तालमेल

 ग्लोबल टिभि      मङ्लबार, बैशाख १३, २०७९      0

वैशाख १३–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा कांग्रेस फुटेको छ।

स्थानीय तह निर्वाचनअगाडि कांग्रेस डडेल्धुरामा असन्तुष्ट पूर्व सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस (बीपी) बाट अलग्गै चुनावमा होमिएको छ।

क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गरिरहेको मल्ल पक्षले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेको छ।

डडेल्धुरामा मल्लनिकट कांग्रेस नेता कार्यकर्ताको पङ्क्ति कांग्रेस (बीपी) मा लागेको हो। छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित सिंगो जिल्ला कार्य समिति आफूसँग रहेको मल्लनिकट नेताहरु बताउँछन्।

मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँट गर्दा अन्यायमा परेका नेताहरूलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिँदै आएका थिए।

दुई नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरामा कांग्रेसबाट ‘विद्रोह’ गरेको मल्ल पक्षले नेकपा एमालेसँग तालमेल गरेर सोमबार उम्मेदवारी दर्ता गराएको छ।

आलिताल गाउँपालिकाबाहेक भएको भागबन्डाअनुसार जिल्लाका ३ स्थानीय तह प्रमुख र ३ उपप्रमुखमा एमालेले उम्मेदवारी दिएको छ। ३ स्थानीय तह प्रमुख र ३ उपप्रमुखमा बीपीले उम्मेदवारी दर्ता गरेको छ।

कांग्रेसको ठूलो पङ्क्ति पार्टी बाहिर गएकाले देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसलाई चुनाव जित्न चुनौती छ।

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसका सभापति देउवाको गृहजिल्लामा गठबन्धन भाँडिएको हो ।

भागबन्डामा सहमति नजुटेपछि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आ–आफ्नै उम्मेदवार उठाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *