ताप्लेजुमा आगलागी हुँदा ५ घर जलेर नष्ट

 ग्लोवल टि.भी.      बुधबार, माघ २१, २०७७      0

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ सिनाममा मंगलबार दिउँसो आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन्।

स्थानयि दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेको स्थानीयले बताएका छन् ।

स्थानीय भीम थेबेका अनुसार दिउँसो करिब साढे तीन बजे आगलागी सुरु भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट मानवीय क्षति भने नभएको सिनाम बहुमुखी क्याम्पसका प्रमुख महेन्द्र गौतमले जानकारि दिए । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् ।

इलाका प्रहरी कार्यालय तेल्लोकका प्रमुख अर्जुन पोख्रेलका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा आगो सल्किएको हो। आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पोख्रेलको भनाइ छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *