लुम्बिनी तन्दुरीमा गृहमन्त्री खांडले खाए खाना

 ग्लोबल टिभि      आइतवार, बैशाख १८, २०७९      0

बैशाख १८- गृहमन्त्री बालकृष्ण खाणले काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरमा रहेको सामान्य भोजनालयमा पुगेर खाजा खादै अहिले रेष्टुराको अवस्थाबारे जानकारी लिएका छन् ।

नया वानेश्वरस्थित लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयमा पुगेर खाणले तन्दुरी रोटी खाँदै व्यवसायबारे जानकारी लिएका हुन् ।

कपिल पोखरेलले सञ्चालन गरेको भोजनालयमा आएका सेवाग्राहीसँग पनि गृहमन्त्री खाणले भोजनालयको खाना कस्तो छ ? भनेर सोधेका थिए ।

गृहमन्त्री खाणले भोजनालयमा काम गर्ने कामदारसँग पारिश्रमिकलगायतका विषयमा जानकारी लिएका छन् । सञ्चालक पोखरेलले भोजनालयमा गृहमन्त्री आएर खाजा खादा खुसी लागेको बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *