सामाजिक सञ्जालमा किन गालीगलौजमा उत्रिन्छन् नेता–कार्यकर्ता ?

उम्मेदवारको मानहानि

 ग्लोबल टिभि      मङ्लबार, बैशाख २०, २०७९      0

कविन्द्र वैशाख २०– स्थानीय तहको चुनाव नजिकिदै गर्दा उम्मेद्वारहरू चुनावी प्रचार अभियानमा लागेका छन् । तर प्रतिस्पर्धी उम्मेदवारको मानमर्दन हुनेगरी समेत प्रचार भइरहेको छ । निर्वाचन आयोगले प्रतिस्पर्धी उम्मेदवारविरुद्ध गलत प्रचार नगर्न निर्देशन दिएको भएपनि पुर्ण रुपमा कार्यान्वयन भएको छैन । जुन विद्यमान कानूनको समेत विपरित हो ।

सिन्धुपाल्चोकको मेलम्चीको एक उम्मेदवारले भोट माग्ने क्रममा पैसा समेत बाँडेको आरोप सामाजिक सञ्जालदेखि कतिपय सञ्चार माध्यममा समाचार समेत आए । तर अन्तिममा थाहा भयो कि उम्मेदवारले नातामा आफ्नै फुपु पर्नेलाई ढोगेर पैसा दिएका रहेछन् ।

त्यसबाहेक चुनावको मिति निजिकिदै जाँदा उम्मेदवारविरुद्ध गलत प्रचार समेत शुरु भइसकेको छ । खासगरी प्रतिस्पर्धी उम्मेदवारका कार्यकर्ताहरुले अर्को उम्मेदवारविरुद्ध गलत प्रचार शुरु गरिसकेका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने गलत प्रचारका बारेमा छानविन गर्न समिति नै गठन गरेको छ । तर आयोगले समेत छानविन गरेर दोषीउपर कारबाही गर्न सकेको छैन ।

पार्टीका माथिल्लो तह देखि तल्लो तह सम्मका नेता कार्यकर्ताहरू स्थानीय तहको चुनावमा नजिकिए संगै एक अर्काको गतल प्रचारमा ब्यस्त देखिन्छन् ।पार्टीका नेता कार्यकर्ताले मात्रै होइन मुलधारका भनिने कतिपय सञ्चार माध्यमले पनिसामाजिक सञ्जालमा देखिएका सामग्रीलाई जस्ताको त्यस्तै प्रकाशन गरेको समेत देखिएको छ । जसलाई राजनीतिक विश्लेषकहरु भने बिचार र सिद्धान्तविहिन भएपछि हुने प्रवृत्ति भएको टिप्पणी गरेका छन् ।

चुनावका बेला एकले अर्कोको दोष देखाएर आफु माथि पर्नखोज्ने नौलो विषय होइन । तर बढ्दो समाजिक सञ्जालको प्रयोग र सञ्चार माध्यमले समेत त्यही सञ्जालकै भरपर्दा भने कानूनविपरित हुनेगरी उम्मेदवारको मानमर्दन हुनसक्ने समेत देखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *