बैशाख २१-गोरक्ष महायज्ञ बैशाख २३ गते शुक्रबार देखि आरम्भ हुँदै छ ।
श्री वृहत आध्यात्मिक परिषद, गोरक्षनाथ मन्दिर मृगस्थलीद्वारा सञ्चालन हुने गोरक्ष महायज्ञ बैशाख २३ गते शुक्रबार देखि जेठ २ गते सोमबार चण्डी पूर्णिमा को दिन समापन हुने श्री वृहत आध्यात्मिक परिषद, गोरक्षनाथ मन्दिर मृगस्थली समितिका सचिव राजु बस्यालले ग्लोबल टेलिभिजनलाई बताए ।
विश्व शान्ति, राष्ट्र रक्षा र सम्पूर्ण नेपालीहरूको कल्याणको लागि गोरक्ष जयन्ति, चण्डी पूर्णिमा तथा बुद्ध जयन्तिको उपलक्ष्यका ११ दिवसीय विभिन्न वरिष्ठ साधु, सन्त, महात्मा, पण्डित, तान्त्रिक, झाँक्री, नाथ योगी र बौद्धमार्गी गरु आदिको विशेष सहभागितामा भव्य धार्मिक महा अनुष्ठान गोरक्ष महायज्ञको आयोजना हुन लागेको पनि बस्यालले जानकारी गराए ।
गोरक्ष महायज्ञ मा जम्मा ३ वटा हवन हुनेछ चश्मा पहिले वैदिक हवन जसका एक सय आठ रुद्री र चण्डी, दोस्रो तान्त्रिक हवन र तेस्रो चाहि नाथहरुको हवन हवनमा ५१ जना गुरुहरू उपस्थित हुने राजु बस्यालले बताए ।
Leave a Reply