बेलायत र जापानबीच सैन्य सम्झौता

 रुसलाई तनाव

 ग्लोबल टिभि      शुक्रबार, बैशाख २३, २०७९      0
dav

वैशाख २३– जापान र बेलायतबीच सैन्य सम्झौता भएको छ ।

यस सम्झौताबारे कुरा गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतले ‘तानाशाही र दबाब बनाउने शक्तिहरू’ विरुद्ध अन्य देशहरूसँग काम गर्ने वाचा गरिएको जानकारी दिएका छन् ।

बेलायतका प्रधानमन्त्रीले आफ्ना जापानी समकक्षी फुमियो किशिदासँग डाउनिङ स्ट्रिटमा भेट गरेपछि यस्तो बताएका हन् ।

सो भेटमा दुवै नेताले संयुक्त सैन्य अभ्यासको घोषणा पनि गरेका थिए । उनीहरुले विपद् उद्धारका लागि दुवै देश मिलेर काम गर्ने पनि सहमति जनाएका छन् ।

जापान र कुनै पनि युरोपेली देशबीच यस्तो खालको सहमति भएको यो पहिलो सम्झौता हो ।

रुसले युक्रेनमा गरेको आक्रमणको जापान र बेलायतले निन्दा गर्दै आएका छन् र यो सैन्य सम्झौतालाई सोही सोचमा आधारित रहेर गरिएको नयाँ साझेदारीको रूपमा हेरिएको छ ।

यो सम्झौता बेलायत सरकारको रक्षा र विदेश नीति समीक्षासँग पनि मिल्दोजुल्दो छ, जसअन्तर्गत इन्डो–प्यासिफिक क्षेत्रतर्फ झुकावको घोषणा गरिएको थियो ।

जापान जी–७ समूहको सदस्य देश हो र सुरुदेखि नै रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै आएको छ ।

उसले आक्रमणको निन्दा गर्दै रुसमाथि प्रतिबन्ध लगाएको छ । यससँगै किभलाई पनि सहयोग उपलब्ध गराएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *