मोरङमा भेटियो १ सय ८५ राउण्ड गोली

 ग्लोवल टि.भी.      बिहिबार, माघ २२, २०७७      0

काठमाडौं। मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझार बस्ने दलबहादुर लिम्बूको खेतबारीमा १८५ राउण्ड गोली भेटिएको छ। भेटिएका गोली ७.६ एमएम पेस्तोलको रहेको प्रहरीले जनाएको छ।लिम्बूले खेतबारी खन्ने क्रममा प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको बेवारिसे अवस्थामा उक्त गोली फेला परेको हो।

जसलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले बरामद गरेको छ।गोली के उद्देश्यले कसले राखेको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ। त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका–७ सानो भोर्लेनीस्थित् जंगलबाट बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *