थप १४ जनामा कोरोना संक्रमण

 ग्लोबल टिभि      शनिबार, बैशाख २४, २०७९      0

वैशाख २४– पछिल्लो चौबीस घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४२० पीसीआर परीक्षणका क्रममा ११ जना र १ हजार २९६ एन्टिजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण शनिबार (आज) कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

थप २१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७६८ जना निको भएका छन् । हाल नेपालमा २०५ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *