जलेश्वर मन्दिरको निर्माण कार्य सुरु

 ग्लोबल टिभि           0

भक्तपुरको दूधपाटीस्थीत भाजु पोखरीको बीचमा रहेको जलेश्वर मन्दिरको निर्माण कार्य अघि बढेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिसहितको टोलीले बिहीबार पोखरीको बीचमा रहेको मन्दिरको शिलान्यास गरेका हुन्। जलेश्वर मन्दिरको निर्माण हुन लागेको पोखरी झण्डै आठ सय वर्ष पुरानो रहेको कुरा भक्तपुर महानगरपालिकाले अध्ययन गरेर निकालेको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाको प्रारम्भिक अनुसन्धानले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको देखाएको छ । सोही अनुसार अहिले मन्दिर बनाउन लागिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए । उनले भक्तपुर नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले जनताको मन जित्दै सास्कृति तथा ऐतिहासिक सम्पदा निर्माणको कार्यलाई अघि बढाउदै लैजाने धारणा राखे।

शिलान्यास कार्यक्रमाम प्राध्यापक डाक्टर पुरुषोत्तमलोचन श्रेष्ठले भाज्या पोखरीको अध्ययन अनुसन्धान गर्ने मौका पाएकोमा गौरवान्वित महसुसु भएको बताए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *