चुनावमा बढी खतरा कहाँ ?(भिडियोसहित)

चुनावमा सुरक्षाकर्मी

 ग्लोवल टि.भी.      आइतवार, बैशाख २५, २०७९      0

अभिषेक वैशाख २५– स्थानीय तहको चुनावमा २ लाख बढि सुरक्षाकर्मी परिचालन हुने भएका छन् । गृह मन्त्रालयले बनाएको सुरक्षा रणनीति अनुसार मतदानकेन्द्रको बाहिरी सुरक्षा नेपाली सेनाले गर्नेछ । मतदान केन्द्रभित्रको सुरक्षाको जिम्मा भने नेपाल प्रहरीलाई दिइएको छ । देशभर १० हजार ७ सय मतदानस्थलमध्ये झण्डै तिन हजार स्थललाई सरकारले अति संवेदनशिल सूचीमा राखेको छ । त्यसैअनुसार सुरक्षा रणनीति तय गरिएको नेपाल प्रहरीले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि मुलकभर १० हजार ७ सय ५६ मतदानस्थल तोकिएका छन्। ती मध्ये २ हजार ९ सय ४६ लाई सरकारले अति–संवेदनशील सूचीमा राखेको छ। निर्वाचनको सुरक्षाका लागि सरकारले बनाएको एकीकृत सुरक्षा योजना मा ‘अति संवेदनशील, संवेदनशील र सामान्य’ गरी तीन भागमा मतदानस्थलको बर्गीकरण गरिएको छ।जसमा ४ हजार ४ सय २३ ‘संवेदनशील’ र ३ हजार ३ सय ८७ लाई ‘सामान्य’ को सूचीमा राखिएको छ। विगतका निर्वाचनमा झडप भएका स्थान, दलीय अस्वस्थ प्रतिस्पर्धा, खुला सीमा र भौगोलिक विकटता भएका स्थानका मतदानस्थललाई अति संवेदनशील को सूचीमा राखिएको छ।

नेपाल प्रहरीका अनुसार सबैभन्दा बढी मधेस प्रदेशका मतदानस्थल अति संवेदनशील को सूचीमा छन्। सबैभन्दा कम गण्डकी प्रदेशका छन्। विगतमा छिटफुट घटना भएका ठाउँलाई संवेदनशील र शान्तिपूर्ण निर्वाचन भएका स्थानलाई सामान्यमा राखिएको प्रहरीले जनाएको छ । विगतको चुनावी अनुभव, राजनीतिक दलको विगतको अवस्था र अस्वस्थ प्रतिस्पर्धा, वैमनश्यता, समुदायको स्वभावलगायतका विषयलाई समेत आधार मानेर मतदानस्थलको बर्गीकरण गरि सुरक्षा योजना बनाइएको छ ।

स्थानीय तह निर्वाचनको सुरक्षामा चारवटै सुरक्षा निकाय र म्यादी प्रहरी खट्नेछन् । गृह मन्त्रालयका अनुसार स्थानीय तह निर्वाचनमा २ लाख ६० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । ७३ हजार बढि नेपाली सेना, ६१ हजार बढि नेपाल प्रहरी, २३ हजार ५ सय बढि सशस्त्र प्रहरी र झण्डै दुई हजार राष्ट्रिय अनुसन्धान कर्मचारी चुनावमा परिचालन हुनेछ । त्यसबाहेक एक लाख म्यादी प्रहरी पनि चुनावमा खट्नेछन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *