राधे–राधेको सत्संग मन्दिर भवन भत्काएपछि विरोध

 ग्लोबल टिभि      बिहिबार, माघ २२, २०७७      0

काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनःनिर्माण र फराकिलो बनाउन भन्दै राधे–राधेको सत्संग मन्दिर भवन भत्काएपछि विरोध भएको छ ।

आफुहरुलाई पूर्व जानकारी नदिएको र यसअघि भएको समझादारी बिपरित नै भवन भत्काएको भन्दै राधे–राधे सत्संगका एक अनुवाई अनसन बसेका छन् । कमलपोखरी स्पोर्टस् क्लबका पदाधिकारीसहित मन्दिरको रेखदेखमा रहेकाहरुलाई बिना जानकारी भवन भत्काएको भन्दै अर्जुन बस्नेत आमरण अनसन बसेका हुन्।

राधा माधव प्रचार समितिका कार्यबहाक अध्यक्ष कमल प्रसाद मिश्रले महानगरको आक्रमण भनेको बैदिक सनातन धर्ममाथिको बर्बर आक्रमण भएको बताए। उनले उक्त भवन वडाकार्यालयको निर्देशनमा नक्सा पास गरेरै निर्माण गरिएको, काठमाडौंका मेयरसाप यसअघि ज्ञापनपत्र पनि बुझाइसकेको भएपनि अत्याचारपूर्ण तवरले भत्काइएको गुनासो गरेका छन््।

भवन भत्काउँदा जगतगुरुको आसन, शिव भगवान, सिता तथा अन्य भगवानहरुको तस्विर, सुनचाँदी, फर्निचरलगायत अन्य भौतिक सामाग्रीको महानगरले ध्वस्त पारिदिएको मिश्रले जानकारी दिए । कमलपोखरी हाल पुनःनिर्माणको चरणमा छ । पुनःनिर्माणका सिमेन्टको प्रयोग गरी कंक्रिट स्वरुप दिने शिलशिलामा पोखरीको पानी सुकाइएको छ । पानी सुकेपछि पोखरी चिरा परेको छ । सोही विषयमा महानगर र स्थानीयबीच विवाद रहँदै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *