उपत्यकामा ६ बजेदेखि यातायात खुल्ने

 ग्लोवल टि.भी.      शुक्रबार, बैशाख ३०, २०७९      0

वैशाख ३०-काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक सहित सबैखाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय भएको जनाएको छ ।
महाशाखाका सहायक प्रवक्ता डीएसपी बालनरसिंह राणाले साँझ ६ बजेदेखि यातायातको साधन चल्न दिइने बताए । उनले आज दिनभरमा नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई होल्ड गरिएको र ती सबै साँझ छाडिने बताए ।

स्थानीय तह निर्वाचनका लागि शुक्रबार यातायातका साधन बन्द गरिएको थियो । निर्वाचन बिहान ७ बजेदेखि सुरु भइ साँझ ५ बजे सम्पन्न भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.