सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मीना कार्की निर्वाचित

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ १, २०७९      0

जेठ १– सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार मीना कार्की निर्वाचित भएकी छिन् । उनी पालिका प्रमुखमा निर्वाचित हुने जिल्लाकै पहिलो महिला हुन् ।

उनले १,२६० मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतले १,११३ मत ल्याए ।

त्यस्तै पालिका उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ङवाङल्हाक्पा शेर्पा भारी मतका साथ विजयी भएका छन् । उनले १४ सय ११ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार प्रमिला बस्नेतले ८ सय ६७ मत ल्याएकी छिन् । बस्नेत यसअघि सोही पालिकाकी निर्वाचित उपाध्यक्ष हुन् । त्यस्तै नेकपा एमालेबाट पालिका अध्यक्षका उम्मेदवार पोस्टकुमार कार्कीले ५ सय ८० मत प्राप्त गरेका छन् ।

५ वटा वडा रहेको लिखुपिकेमा १, २ र ५ नम्बर वडाध्यक्ष कांग्रेसले, ४ नम्बर वडा एमालेले र ३ नम्बर वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.