१० वर्ष देखि साउदीमा बन्धक बनाइएकी नेपाली चेलीको उद्धार

 ग्लोबल टिभि      शनिबार, माघ २४, २०७७      0

दोहा । विगत १० वर्षदेखि साउदीमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको नेपाली प्रबासी समाज साउदी अरेबियाले उद्धार गरेको छ ।

दलालको विभिन्न प्रलोभनमा परी घरेलु कामको लागि भारतको नयाँ दिल्ली हुदैँ साउदीको राजधानी रियाद भन्दा ३ सय किलोमिटर टाढा आइपुगेकी पाल्पा छहरा(४ की सम्झना थापा मगरको उद्धार गरिएको हो ।

पीडितलाई दलालले ललिता गुरुङ नाम गरेको राहदानी बनाएर त्यहाँ पुर्‍याएको खुलेको छ । साउदी नागरिकको घरमा १० वर्षदेखि काम गर्दै आएकी उनलाई घरपरिवार, आफन्त कसैसंग पनि सम्पर्क गर्न नदिएको गुनासो छ ।

कैदीबन्दी झैँ जीवन विताएकी उनले २ महिनाअघि नेपाली प्रवासी समाजको फेसबुक पेजमा सम्पर्क गरेकी थिइन् ।

लगत्तै समाजको साउदी अरेबिया अध्यक्ष शालिकराम पाण्डेले रियादस्थित नेपाली दूतावासमा सम्पर्क गरि ती महिलाको उद्धार प्रकिया थालेका थिए ।

पाण्डेको आग्रह पछि प्रवासी समाज तथा दूतावासको समन्वयमा मंगलबार पीडित महिलाको निवास अलसग्रा क्षेत्रबाट उद्धार गरि दूतावासको सेल्टरमा राखिएको छ । अब साउदीको कानूनी प्रक्रिया पूरा गरि पीडितलाई चाँडै स्वदेश फर्काइने समाजले जनाएको छ ।

केहि महिनाअघि साउदीको ताबुकमा ११ वर्षदेखि बिना तलब काम लगाएर बन्धक बनाईएकी लीलामाया धिमालको पनि समाजले उद्धार गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *