ग्लोबल टिभि
0
सप्तरीमा भरुवा बन्दुक सहित आइतबार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा नम्बर २ भलुवाही बस्ने २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डल रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको टोलीले आइतबार बिहान ४ बजेतिर उनीहरुको साथबाट एक थान भरुवा बन्दुक बरामद गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।
Post Views: 1,290
Leave a Reply