नबिल बैंकको सीईओमा ढुंगानाको ‘इन्ट्री’, अनिल शाह बाहिरिने

 ग्लोबल टिभि           0

जेठ १०– नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् ।

कम्पनीको विशेष साधारणसभाले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगानालाई नियुक्त गरेको हो ।

यससँगै, नबिल बैंकलाई लामो समयदेखि नेतृत्व गर्दै आएका अनिल केशरी शाहले जिम्मेवारी छाड्ने भएका छन् । कम्पनीको विशेष साधारण सभाले निर्णय गरेपनि ढुंगानाले असार १७ गतेदेखि जिम्मेवारी सम्हाल्ने छन् ।

साधारण सभाले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेका ढुंगानाले नेपाल बंगलादेश बैंक प्राप्तिपछि जिम्मेवारी सम्हाल्नेछन् । उनको सेवा÷सुविधा नबिल बैंकको सञ्चालक समितिले निर्धारण गर्ने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *