सलमान खान नेपाल नआउने

 ग्लोबल टिभि           0

जेठ १०– आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट अन्तिम समयमा स्थगित गरिएको छ ।

आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘द ब्याङ रिलोडेड टुर’ रोकिएको पुष्टि गरे ।

स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षात्को समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको जानकारी उनले दिए । ‘चुनावको कारण टिकट सोचेअनुसार बिक्री हुन पाएन र पानी पर्ने सिजन पनि सुरु भयो,’ उनले भने ।

अनुकूल समयमा कार्यक्रम गर्नेगरी अर्को मिति चाँडै घोषणा हुने जानकारी पनि उनले दिए । कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमा झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए ।

सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो । एक दर्जन कलाकारले सांगीतिक प्रस्तुति दिने बताइएको थियो । साथै, सलमानले नेपालको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने तालिका पनि तय भएको थियो ।

सलमानको नेपाल टुर रोकिएको यो दोस्रो पटक हो । कार्यक्रम स्थगनबारे औपचारिक रुपमै जानकारी गराइने ओडीसीका निर्देशक गुरुङले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *