जेठ १०– स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र तथा राष्ट्रिका साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल भारत कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भारतीय दुतावासका प्रथम सचिव नवीन कुमार , सांस्कृतिक सहचारी सत्यन्र्द दहिया , त्रिभुवन बिश्वबिद्धालय हिन्दी विभागकि स्वेता दिप्ति लगायतका व्यक्तिहरूको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा राष्ट्रिका साहित्य प्रतिष्ठानले कवि नरेश शांण्डिल्यलाई राष्ट्रिका साहित्य सम्मानले सम्मानित गर्यो ।
प्रतिष्ठानका महासचिव मधु पाठकद्वारा वाचन गरिएको सम्मान पत्र र दोसल्लाद्वारा शांण्डिल्यलाई सम्मान गरियो । सोही अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानको भगिनी संस्था शखि प्रतिष्ठानले कवि शांण्डिल्यलाई स्वागत सम्मान गर्यो । प्रमुख अतिथि डा. भट्टराईले यस प्रकारको सम्मानले दुई देशबीचको साहित्यिकसांस्कृतिक सम्बन्ध प्रगाढ हुने धारणा राखेका थिए ।
आधुनिक दोहाका कबीरले परिचित कवि शांण्डिल्यको परिचयको प्रस्तुति सांस्कृतिक सहचारी दहियाले गरेका थिए । नेपाल भारत कविता वाचन कार्यक्रममा नेपाली , हिन्दी , उर्दु , अंग्रेजी एवं बङ्गला कविता वाचन गरिएको थियोे । कविहरू राजेन्द्र शलभ, स्नेह सायमी , उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा,डा. मोमिन खान , कञ्जना झा , मधु कुमारी , डा. ज्ञाननिष्ठ ज्ञवाली , ठाकुर वेलवासे, पवित्रा अधिकारी , उमेश अवस्थी , रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले , डा. बिनोद कुमार बिश्वकर्मा , डा. बासुदेव काफ्ले , त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा , रश्मि भट्टले कविता वाचन गरे ।
कार्यक्रमका अवसरमा कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोगको बारेमा आफ्नो धारणा राख्दै दोहा तथा गजलहरू वाचन गरे । सोही अवसरमा राष्ट्रिय नाच घरका गायक विपिन घिमिरे तथा शिला बिष्ट अलिले नेपाली तथा हिन्दी गायन समेत गरेका थिए । कवि तथा राष्ट्रिका साहित्य प्रतिष्ठानकि सचिव रञ्जना निरौलाद्वारा संचालित कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको सभापतित्वमा भएको थियो ।
Leave a Reply