ओलीको नीति फेल भएको हो ?
बिकास जेठ ११– स्थानीय तह निर्वाचनबाट पहिलो दल एमाले नमज्जाले खुम्चिदै दोस्रो दल बनेपछि एमालेको हरका कारण खोजि हुन थालेको छ । २०७४ सालमा पहिलो दल बनेको एमाले पाँच बर्षमा नै दोस्रो दल बन्यो जसले अध्यक्ष केपी ओलीको नीति माथि प्रश्न उठेको छ । केहीले त ओलीको राजीनामा पनि माग्न भ्याए, के ओलीको नीति फेल भएकै हो ?
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सोचेको थियो स्थानीय तह निर्वाचनमा सबै दल मिल्दा पनि राम्रो नतिजा आउने तर, स्थानीय तह निर्वाचनले एमालेलाई कमजोर मात्र बनाएन, अध्यक्ष केपी ओलीको नीति र कार्यगत शैलि माथि प्रश्न खडा गर्ने स्थिति र अबस्था सम्म सृजना गर्ने बनाईदिएको छ ।
केही एमालेका प्रभावशाली नेताहरूले त अध्यक्ष ओलीले राजीना दिएर मार्ग प्रसस्त गर्नु पर्ने सम्म भन्न भ्याएका छन् । यसले पनि प्रश्न जन्माएको छ– के ओलीको नीति फेल भएको हो ? अहिले राजनीतिक बजारमा यहि करामा बहस छ । एमाले किन कमजोर भयो भन्ने । धेरैको ठाडो जवाफ ओलीको अहंकर भन्ने छ । जबकी विश्लेषकहरूको विश्लेषण पनि त्यहि छ ।
तर यो तर्क एमाले मान्न तयार छैन् । एमालेका नेताहरूलाई यसबारे प्रश्न गर्दा महागठबन्धनसँग एक दल र अहिलेको नतिजा स्वभाविक रहेको उनीहरूको जिकिर छ ।
के त्यसो भए एमालेलाई फाईदा चाहिँ भएको हो त ? यो प्रश्नमा विष्लेषकहरू भने एमालेलाई अंकमा घाटा भएको देखिएपनि जनमतका हिसाबले फाईदा भएको र महागठबन्धनकाबीच दोस्रो पार्टी हुनु सुखद परिणाम एमालेले महसुस गर्नुपर्ने दाबी गर्छन् ।
तर, अरु जे जे भएपनि अंकमा एमालेलाई घाटा भने भएको छ । करिब ३ सयबाट दुई सय पालिकामा एमाले खुम्चिनु एमालेका लागि चुनैति मात्र होइन मुख छोप्नु पर्ने अबस्था हो । तर, यति हुँदा–हुँदै केही एमाले नेताहरू ओलीको कार्यगत शैलि र नीतिले चुनावमा असर नगरेको भन्दै बचाउँमा पनि खरो रुपमा भने अभिन पछि परेका छैनन् ।
Leave a Reply