ग्लोबल टिभि
0
बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने पुरुषले आफ्नै घरमा आगो लगाएका छन् । आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने पुर्चौडी नगरपालिका-१० का धनसिंह महराले घरमा आगो लगाएका हुन् ।
महराले शनिबार राति आफ्नो घरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए । महराका दुई घर छन् । जस मध्य सामान्य एउटा घरमा आगो लगाएका प्रहरीले बताएको छ ।
गोली लोड गरेको बन्दुकसहित फरार भएका महराको खोजी भइरहेको धामीले बताए । महराका २ श्रीमती छन् । कान्छी श्रीमतीसँग विवाद भएपछि उनले विवाहित २० वर्षीया छोरी बेलमतीको गोली प्रहार गरी हत्या गरेका थिए ।
Post Views: 989
Leave a Reply