दोलखाको झ्याँकुमा एक युवाको शंकास्पद मृत्यु, हत्या भएको आशंका

 ग्लोबल टिभि           0

जेठ १२– दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर– ३ झ्याकुमा एक युवा मृत फेला परेका छन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ सालमा नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार रहेका दिलबहादुर बस्नेतको छोरा मृत फेला परेको हुन् ।

स्थानीय मानेडाँडा माविको एकाउन्टेन्ट रेहेका यन बहादुर बिद्यालय छुट्टि भएपछि लेकको घर हिडेका थिए।मंगलबार वेलुका ६ बजेदेखि सम्पर्कविहिन रहेको बस्नेतको लाश बुधबार विहान सर्सेपुमा भेटिएको छ।

घर नजिकै मोटरसाइकल रहेको उनको लाश घिसारेर फालिएको अवस्थामा रहेको दाइ सुदेशले बताए। घरबाट करिब २० मिनेटको दुरिको सर्सेपु स्थित सानो खोल्सीको ढुङ्गामाथि लास भेटिएको उनले बताए।

बुबा दिलबहादुर बस्नेत स्थानीय तह सदस्य निर्वाचन २०७९ मा गौरीशंकर गाउँपालिका वडा नम्बर–३ का लागि वडा अध्यक्षका उम्मेदवार थिए।

उनि ३०२ मत ल्याइ तेस्रो भएका थिए भने नेकपा माओवादीका उम्मेदवार युग बहादुर बस्नेत ४०२ मत ल्याई विजयी भएका थिए।

इलाका प्रहरी कार्यलय सिंगटीबाट खटिएका प्रहरी घट्ना स्थलमा पुगेको छ भने अनुसन्धान पछि सत्यतथ्य खुल्ने दोलखा प्रहरीले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *