ग्लोबल टिभि
0
जेठ १२– उदयपुरका एक युवकको शव खोलामा फेला परेको छ।
तीन दिनदेखि हराइरहेका त्रियुगा नगरपालिका १२ का २८ वर्षीय मनोज सदाको शव सनुवा खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए।
बेपत्ता भएको सूचनापछि उनलाई आफन्त र प्रहरीले खोजिरहेका थिए। बिहीबार दिउँसो त्रियुगा नगरपालिका २ सनुवा खोलास्थित निमुवा दोभानमा उनको शव फेला परेको हो।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ। घटनाका सम्बन्धनमा प्रहरीले अनुसन्धान थालेको छ।
Post Views: 948
Leave a Reply