कविद्र जेठ १४– सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संसदमा पेश गर्दैछ । नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि बजेट पेश गर्ने तयारी गरेको हो । आजै अर्थमन्त्री जनार्दन शर्माले सभामुख अग्नि सापकोटलाई बजेटबारे व्रिफीङ समेत गरेका छन् । सरकारले बजेट ल्याउने तयारी गर्दा अर्थशाष्त्रीहरुले भने अहिलेको आर्थिक संकटलाई पार लगाउने बजेट ल्याउन सुझाव दिएका छन् ।
आगामी आर्थिक वर्षको बजेट आइतबार संसदमा पेश हुँदैछ । त्यसअघि संसदमा प्रि बजेट छलफल समेत सकिएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ ७ गते संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । भने संसदमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि बजेट पेश गर्ने तयारी सरकारले गरेको हो । यता बढ्दो ब्यापार घाटाका कारण नेपालको वैदेशिक मुद्रा सञ्चिती कम भएको, पूजिगत खर्च कम भएको र अर्थतन्त्र संकटमा रहेका बेला आउन थालेको बजेट कार्यान्वयन गर्न सकिने खालको हुनुपर्ने पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतको भनाई छ ।
सरकारी तथ्याङ्कअनुसार पनि चालू आर्थिक वर्षको पहिलो ८ महिनासम्म ३२ प्रतिशत पूजिगत खर्च हुन सकेको छ । सरकार आफैले राखेको लक्ष्यभन्दा बढि मुल्यवृद्धि पुगेको छ । चालू आर्थिक वर्षको बजेट मध्यावधी समिक्षामार्फत् घटाइएको अबस्था आगामी आर्थिक वर्षको बजेटको आकारमा समेत विषेश ध्यान दिनुपर्ने अर्थविद् डाक्टर चन्द्रमणि अधिकारीको भनाई छ ।
सरकारी रेकर्डअनुसार पनि चालू खर्च मात्रै १० खर्ब बढि विनियोजन गर्नैपर्ने अबस्थामा नेपाल रहेको छ । तर चालू खर्च धान्न राजश्वले नपुग्ने अहिलेको अबस्थामा आगामी आर्थिक वर्षको बजेटमा चालू खर्च कम गराउनेतिर सरकारको ध्यान जानुपर्ने विज्ञहरुको सुझाव छ ।
Leave a Reply