बाक्लो बादलसहितको वर्षाले खोजीमा समस्या
ग्लोबल टिभि
0
जेठ १५–सम्पर्कविहीन भएको जहाज खोज्न परिचालन गरिएको हेलिकोप्टरले पनि जहाज फेला पार्न नसकेको बताइएको छ ।
१९ यात्रु र ३ चालक दलका सदस्य रहेको जहाज सम्पर्कविहीन भएको छ ।
तारा एयरको जहाज बिहान १० बजेर १० मिनेटदेखि सम्पर्कमा छैन ।
लेते र टीटीको डाँडातिरबाट सम्पर्कविहीन भएको भनिएको जहाज त्यो क्षेत्रमा पनि नभेटिएको तारा एयर स्रोतले जानकारी दिएको छ ।
प्रदेश सांसद महेन्द्र थकालीले लेते र टीटीको डाँडा क्षेत्रमा रहेका स्थानीयसँग आफूले कुरा गरेको बताउँदै त्यस क्षेत्रमा अहिलेसम्म जहाजको बारेमा कुनै जानकारी नभएको बताए ।
“त्यो क्षेत्रका स्थानीयले जहाज घुमेर काभ्रको भीरतिर छिरेको भन्ने जानकारी दिएका छन्,” उनले भने
त्यसक्षेत्रमा बाक्लो बादलसहित पानी परिरहेकाले पनि जहाजको बारेमा केही जानकारी प्राप्त भएको छैन ।
Post Views: 1,058
Leave a Reply