ग्लोबल टिभि
0
जेठ १५– नेपाल मेडिकल काउन्सिलले लिने एमबीबीएस तथा बीडीएस चिकित्सक लाइसेन्स परीक्षामा योपटक ३१.८४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।
काउन्सिलले यही जेठ १२, १३ र १४ गते लिएको परीक्षामा एक हजार ४९४ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये ४७५ जना मात्रै उत्तीर्ण भएको नतिजा काउन्सिलले प्रकाशित गरेको छ ।
काउन्सिलले स्नातक तहका लागि वर्षमा तीनपटक लाइसेन्स परीक्षा लिने गरेको छ । त्यसमध्ये पहिलो चरणमा सहभागी भएका एक हजार ४९४ परीक्षार्थीमध्ये सो संख्यामा उत्तीर्ण भएका हुन् ।
नेपाल मेडिकल काउन्सिलको पछिल्ला रेकर्डहरूमा एमबीबीएसको लाइसेन्स परीक्षामा निकै कम विद्यार्थी मात्र उत्तीर्ण भएको देखिन्छ । ०७३ सालको दोस्रो चरणको परीक्षामा ५८.२५ प्रतिशत उत्तीर्ण भएका थिए । तर, त्यसपछिका वर्षहरूमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीले नाम लिकालेको रेकर्ड छैन ।
Post Views: 919
Leave a Reply