मिलाएर पार्किङ गर्न खोज्दा……..(भिडियो सहित)

 ग्लोबल टिभि      सोमवार, माघ २६, २०७७      0

काठमाडौंका पुजन श्रेष्ठ सोमवार बिहानै बाँसवारी स्थित गंगालाल अस्पतालमा पुगे । नीजि गाडी लिएर अस्पतालको कामले गएका श्रेष्ठले अस्पताल परिसरमा गाडी पार्किङगर्नेको लागि ठाउँ नभेटेपछि अस्पतालकै कर्मचारीलाई पार्किङस्थल सोधे । अस्पतालका कर्मचारीले अस्पतालमा पार्किङस्थल भरिभराउ भएकाले बाहिर कतै मिलाएर पार्किङ गर्न भने ।

 

श्रेष्ठले पनि अस्पताल छेउमै रहेको सडकमै मिलाएर गाडी पार्किङ गरी आफ्नो काममा लागे । काम सकेर फर्किएर आउँदा उनको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाइसकेको रहेछ । ह्वील लक लगाइसकेकाले उनलाई ट्राफिक प्रहरीले जरिवानाका लागि चीट काटिदियो । मिलाएर सडकमा पार्किङ गर्दा उनी बिहानै जरिवानामा परे ।

यसरी सोमवार बिहानै श्रेष्ठ मात्रै नभएर अन्य गाडीमा पनि ट्राफिक प्रहरीले यसै गरी ह्वील लक गरिदियो । सबै गाडी सडकमै त्यो पनि नो पार्किङ लेखिएको स्थलमा नै पार्किङ गरेपछि ट्राफिक प्रहरीले ह्वील लक गरेको हो । जथाभावी पार्किङ गर्नेलाई कारबाही गरेकोमा स्थानीय भने खुसी छन् । उनीहरुले जथाभावी पार्किङ गर्दा ट्राफिक जामको समस्या देखिएकाले ट्राफिक नियमको कडाइका साथ पालना हुनुपर्नेमा जोड दिए ।

ह्वील लक गर्ने ट्राफिक प्रहरी बासुदेव बल्छौडीले पनि ट्राफिक नियमको पालना गर्न आग्रह गरे ।

काठमाडौंमा प्रयाप्त पार्किङस्थल उपलब्ध नभएका कारण चालक तथा गाडी धनीले जहाँ पायो त्यही पार्किङ गर्दै आएका छन् । अधिकांशले सडकमै पार्किङ गरी आफ्नो काममा लाग्ने गरेको देखिन्छ । जथाभावी पार्किङ गर्नेलाई ट्राफिक प्रहरीले ह्वील लक गर्ने र पाँच सय देखि एक हजार रुपैयाँ सम्म जरिवाना गर्ने गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *