प्रहरीलाई हातपात गरेको अभियोगमा २ जना पक्राउ

 ग्लोवल टि.भी.      सोमवार, माघ २६, २०७७      0

झापा कचनकवल गाउँपालिका-६ बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। उनिहरुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजबंशी र ३३ वर्षीय डिल्ली राजबंशी रहेका छन् । मोटरसाइकलमा बिना हेलमेट सवार भइरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले हेलमेट लगाउनु भनी रोक्दा प्रहरीलाई गाली गलौज तथा हातपात समेत गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *