पाठ्यपुस्तक किन छापिएन ?
विनोद जेठ १८– नयाँ शैक्षिकसत्र शुरु भएसँगै विद्यार्थीको हातहातमै पाठ्यपुस्तक पु¥याउने सरकारको नारा औपचारिकतामै सीमित भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको तीन साता भइसक्दा पनि विद्यार्थीले पुस्तक पाएका छैनन ।सरकारले जेठ १ देखि शैक्षिक सत्र सुरु गरेर जेठ ५ देखि पठनपाठन सुरु गरेपनि विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुननसक्दा लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
चुनाव ताका रातारात मतपत्र छाप्ने जनक शिक्षा सामग्री केन्द्र अहिले भने समयमै पाठ्यपुस्तक छाप्न सकिरहेको छैन । जसले लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।सबैजसो सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्र सुरु गरेपनि पाठ्यपुस्तक नहुँदा यतिबेला पठनपाठनमा असहजता सिर्जना भएको छ । जनक शिक्षा सामग्रीको लापरबाहीले विद्यार्थीले पुस्तक पाउन नसकेको स्पष्ट छ तर जनक शिक्षा सामग्री केन्द्रले भने सक्दो प्रयास गरिरहेको जिकिर गरेको छ ।
अहिलेसम्म जनक शिक्षा सामाग्री केन्द्रले एक करोड ६० लाख भन्दा बढि पाठ्यपुस्तक छपाईगरिसकेको छ । तर अझै ३० लाख बढि पाठ्यपुस्तक छपाईगर्न भने बाँकी छ । यसपटककोे नयाँ शेक्षिकसत्रका लागि एक करोड ९० लाख बढि पाठ्यपुस्तक आवश्यक पर्ने शिक्षा मन्त्रालयको तथ्याङ्क छ । तर जनक शिक्षाकाप्रवक्ता आचार्य भने अवको एक महिनामा पाठ्यपुस्तक छपाई र ढुवानी गरी प्रत्येक विद्यार्थीको हातहातमा पु¥याउने दावी गरेका छन् ।
चुनावको बेला रातारात मतपत्र छपाई गरेको जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक उपलब्ध नभएपछि अहिले पाठ्यक्रमका आधारमा शिक्षकले बोर्डमा लेखेर विद्यार्थीलाई अध्ययन गराउन बाध्य भएका छन् ।त्यसोत पुस्तक अभाव अहिलेको मात्रै समस्या होइन, हरेक शैक्षिक सत्रमा समयमै पुस्तक विद्यार्थीको हातमा पु¥याउन सरकार असफल बनिरहेको छ । पाठ्यपुस्तकको छपाई र ढुवानीमा लापरबाही गरिँदा बालबालिकाको पढाइमा ठूलो असर परिरहेको छ ।
Leave a Reply