यौनहिंसामा हदम्याद हटाउन माग गर्दै प्रदर्शन

 ग्लोबल टिभि      शनिबार, जेष्ठ २१, २०७९      0

जेठ २१-महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ।

पीडाको कुनै हदम्याद हुँदैन भन्ने मूलनारासहित सो प्रर्दशन गरिएको हो। सडकमा पलेटी कसेर बसेका प्रर्दशनकारीहरूले पीडकलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन्।

उक्त अवसरमा अवसरमा उनीहरूले ‘दया होइन, न्याय दे’, ‘हामी चुप लागेर बस्दैनौं’, ‘पीडाको कुनै हदम्याद हुँदैन’ भन्ने लेखिएको प्लेकार्ड समेत प्रर्दशन गरेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *