के चोलेन्द्रविरुद्धको महाअभियोग अवकाश नभएसम्म अदालत छिर्न नदिने दाउ हो ?

 ग्लोबल टिभि      आइतवार, जेष्ठ २२, २०७९      0

जेठ २२– सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता गराएको महाअभियोग प्रस्ताव अलपत्र परेको छ । महाअभियोग दर्ता भएको आइतबार १ सय १३ दिन पूरा भएको छ ।

गत फागुन १ गते नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेत देव गुरुङ र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठसहित ९८ जना सांसदहरूको हस्ताक्षरसहित प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग दर्ता गराएका थिए ।

२०७८ फागुन ३० मा महाअभियोग प्रस्ताव संसदमा टेबल भएको थियो । प्रस्तावक मध्येका माओवादी नेता देव गुरुङले संसद्को रोष्टमबाट पदीय जिम्मेवारी अनुसार काम नगरेकोले राणाविरुद्ध महाअभियोग लगाइएको बताएका थिए । सोही दिन प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल, कांग्रेसबाट मीन विश्वकर्मा र रामबहादुर विष्ट, माओवादीबाट यशोदा सुवेदी र रेखा शर्मा, नेकपा एसबाट कल्याणी खड्का, जसपनबाट प्रमोद साह र लोसपाबाट एकवाल मियाँ सदस्य रहेका छन् ।

गत चैत २ गतेका लागि महाअभियोगउपर संसदमा छलफलको कार्यसूची राखिए पनि सरकारले चैत १ गते नै संसद् अधिवेशन अन्त्य गरेको थियो । त्यसयता महाअभियोगको प्रक्रिया अलपत्र परेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *