काठमाडौं उपत्यकाका शक्तिपिठहरू कात्तिक १ देखि खुल्ने मन्दिर व्यवस्थापकहरूको तयारी

 ग्लोबल टिभि           0

काठमाडौँ  – कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देविलगायतका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका हुन् । दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् ।

मैतिदेवि मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताउनुभयो । विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने उहाँको भनाइ छ । सरकारबाट अहिलेसम्म खुल्ला गर्ने निर्णय आइनसकेको भएपनि स्थानीय भक्तजनहरुको आग्रहमा खुल्ला गर्न लागिएको उहाँको भनाइ छ ।

अहिले काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरुमा समेत नियमित पूजाआजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ । अन्य क्षेत्रलाई खुल्ला गरिएपनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म खुल्ला गर्ने निर्णय गरेको छैन ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *