अर्थ मन्त्रालयको प्रस्ताव सञ्चार मन्त्रालयले कोल्याप्स हान्योः गोकुल बाँस्कोटा

 ग्लोबल टिभि      बुधबार, जेष्ठ २५, २०७९      0

जेठ २५– एमाले सांसद गोकुलप्रसाद बास्कोटाले अर्थमन्त्रीको प्रस्ताव सञ्चारमन्त्रीले नटेरेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथि प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थमन्त्रीले कुनै मन्त्रालयमा गाडी खरिद नगर्ने भनेपनि सञ्चार मन्त्रालयले योजनाको पहिलो बुँदामा नै स्कुटर र मोटरसाइकल खरिद गर्ने लेखेको बताए ।

उनले भने– ‘सञ्चार मन्त्रालयले आफ्नो विनियोजन शीर्षकको पहिलो बुँदामा ४ वटा मोटरसाइकल, ७ वटा स्कुटर किन्ने भनेर उल्लेख गरेको छ । यस्तो देखियो कि सञ्चार मन्त्री झुट हो कि अर्थमन्त्री झुट हो । यति बताइसकेपछि खर्च कतौटीको प्रस्ताव किन गरेको भनेर भनिरहनु नपर्ला । मेरो विचारमा अर्थ मन्त्रालयको प्रस्तावलाई सञ्चार मन्त्रालयले कोल्याप्स हान्दियो ।’

सञ्चार मन्त्रालयको पेज पिच्छे नै मोटरसाइकल खरिदसम्बन्धी बेथिति पढ्न पाइने उनले बताए । बास्कोटाले अर्थमन्त्रीले यो वर्ष मन्त्रालयले सवारी साधन खरिद नगर्ने भन्दा बजेको ताली प्रश्नमा रुपान्तरित भएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *