यो सरकार कांग्रेसको एक्लो नभएकाले काम गर्न सकिन

 एक्लो सरकार होइन

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ २९, २०७९      0

विकास/विजय जेठ २९– प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले काम गर्न नसकेको स्वीकार गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले धेरै काम गर्ने स्थिति नरहेको भन्दै काम गर्न नसकेको स्वीकार गरेका हुन् । यता संसद्मा पनि देउवाको कार्यशैलिलाई लिएर एमाले सहित सत्तारुढ दललेनै पनि देउवाको चर्को आलोचना गरिरहेको छन् । जसले देउवा थप दबाबमा छन् ।

प्रधानमन्त्री एवमं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार एकलौटी नभएकाले चाहे अनुसार काम गर्न नसकेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले धेरै काम गर्ने स्थिति नरहेको बताएका हुन् ।

संसद्मा बजेटमाथि छलफल जारी छ । प्रमुख प्रतिपीक्ष दल एमाले सहित सत्तारुढ दलहरूले नै पनि सरकारको तीब्र आलोचना गरिरहँदा देउवाले एक्लैटि सरकार नभएकाले काम गर्न नसकिएको जवाफ दिएका हुन् । नीति तथा कार्यक्रम माथि छलफल देखि बजेट माथिको छलफलमा समेत एमालेले सरकारले केही काम गर्न नसकेको आरोप लगाईरहेको छ । जसले देउवा दबाबमा पनि छन् ।

त्यसो त देउवाले आफूले काम गर्न नसकेको स्वीकारोक्ति नेपाल ट्रेड युनियन कांग्रेसले कार्यक्रम माग गरेपछि गरेका हुन् । तथापि देउवाले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको जिकिर भने गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.