मल ल्याउन सबै उपाय अवलम्बन गर्न सरकारलाई संसदबाट निर्देशन

 ग्लोबल टिभि      सोमवार, जेष्ठ ३०, २०७९      0

जेठ ३०– प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्दै किसानहरुलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेस गरेको सार्वजनिक जरुरी महत्वको प्रस्तावमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले विशेष प्रस्ताव पेश गरेका हुन् । सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पास भएको हो ।

विशेष प्रस्तावः
‘रासायनिक मल कृषि उत्पादन बृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलव्ध नभएको विषयमा यस सदनको गम्भिर ध्यानाकर्षण भएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *