रुपन्देहीमा ट्याक्टरको ठक्करबाट एकको ज्यान गयो

 ग्लोबल टिभि           0

काठमाडौं । रुपन्देहीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–४ बस्ने ४५ वर्षीय रवि गौतम रहेका छन् ।

बुटवल नगरपालिका–११ स्थित शान्ति चोकमा लु ३ त ४६१८ नम्बरको ट्याक्टरले लु २४ प ६१६४ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *