नक्कली सुन देखाएर ठगी, गिरोहका ६ जना पक्राउ

 ग्लोबल टिभि      बुधबार, माघ २८, २०७७      0

काठमाडौं । नक्कली सुन देखाई ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौंको अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउपालिका ५ घर भै काठमाडौंको माछापोखरी बस्ने बर्ष ३२ का सन्त बहादुर लामा नुवाकोट जिल्ला किस्पाङ्ग १ नुजेत घर भै काठमाडौंको तरकेश्वर नगरपालिका शान्तिटोल बस्ने बर्ष ४५ का रीसमान घले , बर्ष २० का चन्द्र भन्ने जेरि तामाङ्ग , बर्ष ३५ का जित भन्ने मेख तामाङ्ग र झापा जिल्ला अनारमनी १ घर भै काठमाडौंको ताहचल बस्ने पप्पु भन्ने अभय कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले २०७२ साल माघ १२ गते काठमाडौँको ताहाचल बस्दै आएका एक व्यक्तिलाई १ किलो सुन जस्तो देखिने धातुलाई सुन भनेर झुक्याएर बिक्री गरी ५५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

ती व्यक्तिले आफू ठगिएको थाहा पाएपछि महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।

अपराध महाशाखाको प्रहरीले खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई नगद ९ लाख ५० हजार रुपैयाँ २ वटा मोटरसाइकल र ५ थान मोबाइलसहित राजधानीबाट नियन्त्रणमा अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *