बालुवाटार स्थित सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त ढकाल अदालतमा

 ग्लोवल टि.भी.      बुधबार, माघ २८, २०७७      0

काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पाभित्रको २९९ रोपनी सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल बयानका लागि बबरमहलस्थित विशेष अदालत पुगेका छन् ।

ढकालको बयान जारी रहेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् । उनीसँग अख्तियारले ९१ लाख भन्दा बढी बिगो मागदाबी गरेको छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा ढकाल प्रमुख अभियुक्त हुन् । पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानबिन समितिले उनको नामै किटेर कारबाही गर्नुपर्ने सुझाव दिएको छ ।

त्रिताल समितिको प्रतिवेदनमा ‘ललिता निवास क्याम्पा भित्रको जग्गाका सम्बन्धमा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरूलाई विभिन्न किसिमको प्रभावमा पारी सरकारी, सार्वजनिक तथा गुठी समेतका जग्गाहरू व्यक्ति (आफू र आफ्नो परिवारका सदस्य लगायतका नाउँमा समेत) को नाममा दाखिल खारेज गर्न सहयोग गर्ने डा. शोभाकान्त ढकाल र अधिवक्ता रामकुमार सुवेदी समेतको संलग्नता देखिएको’ उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *