७२ वर्षीय वृद्ध ठग: जसले सरकारी जग्गा मात्र बेचेनन्, व्यवसायीको करोडौँ ठगे

 ग्लोबल टिभि      शुक्रबार, असार ३, २०७९      0

काठमाडौं– ठगी गर्ने गिरोहको न उमेर समूह हुन्छ न त कुनै नाता न सम्बन्ध नै ? यिनीहरू पैसाका लागि जसलाई पनि जालमा पार्न सक्छन् । जे पनि गर्न सक्छन् ।

यस्तै कराडौँ ठगी गर्ने एक जना ठग हुन्, ७२ वर्षीय केशव अधिकारी । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ बस्ने केशवप्रसाद अधिकारी वृद्ध व्यक्ति हुन् तर उनको धन्दा भने ठगी । यतिसम्मको ठगी कि कुनै व्यक्तिको जग्गामा उनको नजर प¥यो भने थाहै नपाई बेचिन पनि सक्छ ।

व्यक्तिको जग्ग्गा थाहै नदिई बेचबिखन गरेर ठगी गरेको उजुरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ १३ गते केशव अधिकारीसहित भक्तपुर नगरपालिका–८ बस्ने ईश्वर गाईजुलाई समेत पक्राउ ग¥यो । उनीहरूले व्यक्तिको जग्गा मात्र होइन सरकारी जग्गा समेत बैना गरेर ठगी गर्ने गरेको थिए । यी दुईजनाले भक्तपुर साविक सुडाल गाविस वडा नं. ४ को कित्ता नं. ३९९ (०–४–०–० क्षेत्रफल) को सरकारी जग्गा बिक्री गर्न करारनामा गरी बैना बापत पाँच करोड २० लाख लिएका थिए ।

७२ वर्षीय अधिकारीले अरुको जग्गा, सरकारी जग्गा मात्र देखाएर मात्र होइन, विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने गरेको फेला परेको छ । एक व्यवसायीलाई अधिकारीले साढे ३ करोड कन्सल्टेन्सीको शेयर दिने भनेर ठगी गरेको पाइएको छ । त्यही पनि कन्सल्टेन्सीको सेयर दिने भनेर कागजै गरेरे ठगी गरेको पाइएको हो । बागबजारमा रहेको अर्बिट इन्टर नेसनल एजुकेसन प्रालिको एकदेखि ५० हजारसम्मको शेयर नामसारी गरिदिने भन्दै ठगी गरेका हुन् ।

नुवाकोटको श्रीबहादुर तामाङबाट उनले कन्सल्टेन्सीको शेयर बापत साढे तीन करोड लिएका थिए । पैसा लिएपछि न तामाङलाई शेयर पास गरिदिए, न त पैसा नै फिर्ता गरिदिए । उल्टै पैसा नदिने भन्दै गुण्डा लगाएर धम्क्याउने गरेका थिए । यतिसम्म कि अधिकारीले थाहै नदिई कन्सल्टेन्सी समेत बेचिदिए तर तामाङलाई पैसा दिएनन् । तामाङ आफ्नै कन्सल्टेन्सी भन्दै बसिरहे । तर कन्सल्टेन्सीको मालिक नै अर्को आए पछि उनले बल्ल आफू ठगिएको थाहा पाए ।

अधिकारी ३५ करोड ठगेर जापान भाग्ने विजय अधिकारीका पार्टनर हुन् । ठगी गरेको आरोपमा केशव अधिकारीलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको भनिएको छ । तर उनलाई कहाँ राखिएको छ भनेर हामीले परिसरका प्रवक्ता दिनेश मैनालीसँग बुझ्दा आफूलाई थाहा नभएको बताउँछन् । अधिकारीलाई अहिले वीर अस्पतालको क्याबिनमा राखिएको बुझिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *