विदेशमा राम्रो रोजगारीको सपना देखाएर २१ लाख ठगी

 ग्लोबल टिभि      आइतवार, असार ५, २०७९      0

असार ५-विदेशमा राम्रो रोजगारीको सपना देखाएर ठगी गर्नेहरु उपत्यकामा सक्रिय छन् । काठमाडौं उपत्यकामा सवैभन्दा धेरै ठगी अपराध हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका ३२ वर्षीय रुपेश कार्कीले अष्ट्रेलिया र क्यानडा पठाउने सपना देखाएर ठगेका छन् । डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया र क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा कार्कीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

कार्कीले दुई जनाबाट २१ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पोखरा महानगरपालिका घर भएकी २२ वर्षीया युवतीलाई आरोपीले क्यानडा पठाउँछु भनेर ११ लाख ७१ हजार नगद ठगी गरेका हुन् । काठमाडौंको पेप्सिकोला बस्ने २८ वर्षीया अर्की युवतीलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउँछु भनेर उनले ९ लाख ७५ हजार ठगेको अनुसन्धानबाट थाहा भएको एसपी मैनालीले जानकारी दिए ।

ठगी मुद्दामा प्रहरीले उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपी काठमाडौंको हाँडीगाउँ बस्दै आएका छन् ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *