पुर्पक्षका लागि मनोज पाण्डे थुनामा

बाल यौन दुर्व्यवहारमा एक लाख धरौटी माग

 ग्लोवल टि.भी.      सोमवार, असार ६, २०७९      0

असार ६– काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपी मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए।

उनले गत जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्।

किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचविखन दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेल जानकारी दिएका छन्।

पाण्डेलाई अधिकतम् १५ वर्ष कैद सजाय मागसहित मुद्दा अघि बढाइएको पौडेलले बताए।

दोषी ठहर भएमा यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.