पाल्पामा १८ जना पत्रकार पुरस्कृत

 ग्लोवल टि.भी.      बिहिबार, माघ २९, २०७७      0

हरी जिसी पाल्पा २९ । पाल्पा जिल्लामा क्रियाशील १८ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १२ औं साधारण सभाका अवसरमा उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो । तानसेन नगरपालिकाले राखेको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट श्रीनगर एफएममा कार्यरतपत्रकार देव पचभैया र रेडियो रामपुरका बासुदेव ढकाल पुरस्कृत भएका छन् ।

उनीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, जिल्ला अध्यक्ष राजेशकुमार अर्याल, तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाही, सल्लाहकार मेघराज शर्मा लगायतले नगद १५ हजार, ताम्रपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे ।

साविक जिल्ला विकास समितिले राखेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत भएका छन् । सनराइज टेलिभिजनका कार्यकारी निर्देशक तथा हिमालय टेलिभिजनका संवादाता सन्तोष बस्याल र रेडियो रामपुरकी रमादेवी अर्याललाई २०७६ सालको पुरस्कार प्रदान गरिएकोछ । यस्तै रेडियो मुक्तिनाथका भुवन रायमाझी र रेडियो मदनपोखराका विजय बौडेललाई २०७७ सालको सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरियो । उनीहरुलाई नगद ७ हजार ५ सय र प्रमाणपत्र प्रदान गरिएकोछ ।

रेडियो रामपुरकी बन्दना पोखरेल र रेडियो पाल्पाका इमानसिंह रानालाई ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई नगद १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । मानव अधिकार पत्रकारिता पुरस्कारबाट रेडियो मदनपोखराका बीरेन्द्र घिमिरे पुरस्कृत भएका छन् । बुद्धीप्रसाद शर्माले स्थापना गरेको देवीभक्त चोलकुमारी सामाजिक पत्रकारिता पुरस्कारबाट अनिल लिगल पुरस्कृत भएका छन् ।

यस्तै सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट गाउँले देउराली साप्ताहिकका तुलबहादुर थापालाई पुरस्कृत गरिएको छ । लेखनवृत्ति प्रोत्साहन पुरस्कारबाट पाल्पा समाचारपत्रका यज्ञमूर्ति तिमिल्सेना, नागरिक दैनिकका मुक्तिप्रसाद न्यौपाने, पाल्पा खोजखबरका डोलबहादुर विक, रेडियो श्रीनगरका दीपक भट्टराई, पाल्पा आवाजका दयाराज न्यौपाने, श्रीनगर टेलिभिजनका विष्णुप्रसाद घिमिरे र रेडियो मदनपोखराका भोजराज तिमिल्सेनालाई प्रदान गरिएको छ ।

यसै बिच नेपाल पत्रकार महासंघका संघिय अध्यक्ष गोबिन्द आचार्यले नेपाली पत्रकारीता क्षेत्रलाई पाल्पाले गतिलो पाठ सिकाएको बताएका छन् । इमान, जमान र नैतिकताको पाठ सिक्न पत्रकार महासंघ पाल्पा शाखा जस्तो हुनुपर्छ भन्ने देशभरीनै चर्चा हुने गरेका अध्यक्ष आचार्यको भनाई छ ।

पत्रकार महासंघ पाल्पा शाखाको बुधबार तानसेनमा सम्पन्न १२ औ साधारण सभाको उद्घाटन गर्दे उनले स्वाभिमानी पत्रकारको शाख जोगाउन तल्लिन शाखालाइ धन्यवाद दिए । अध्यक्ष आचार्यले पत्रकार महासंघको जिवनमा पाल्पा शाखाले रणनैतिक महत्व बोकेको बताए । चितवनको राष्ट्रिय भेलामा पारित हुन नसकेको महासंघको बर्तमान बिधान पाल्पामा भएको जिल्ला अध्यक्षहरुको भेलाले पारित गरेको संझिदै उहाँले महासंघको केन्द्रिय नेतृत्व छान्न पार्सद नभई सबै साधारण सदस्यले भोट हालेर चुन्ने नियम बनाउने जिल्ला पनि पाल्पा भएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *