पृथ्वी राजमार्गमा मोटरसाइकल र ट्रक ठोक्किँदा आगलागी घटनामा बावु -छोराको मृत्यु

 ग्लोबल टिभि           0

बिकास रौनियार,धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा मोटरसाइकल र ट्रक ठक्कर खाएर भएको आगलागीमा दुईजनाको मृत्यु भएको छ। थाक्रेको वडा नम्बर ८ को चार किलास्थित एभरेष्ट पम्प नजिकै ट्रक र मोटरसाइकल जुधेका थिए। लगत्तै आगो लाग्दा मोटरसाइकमा सवार दुईजनाको जलेर मृत्यु भएको छ।

गलछीबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा एक्कासी आगो लागेको स्थानीयले बताएका छन् ।

घटनापछि मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृत्यु हुने डा। सुरेश अधिकारी रहेका छन् भने उनको ठेगाना खुलेको छैन । अर्का एकजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

मोटरसाइकलमा आगो लागेपछि स्थानीयले निभाउने प्रयास गरेपनि सफल नभएको बताएका छन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *